

![थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, को-को भए ? [सूची]](https://i0.wp.com/nagarikraibar.com/wp-content/uploads/2022/02/PM-Office-1024x624-1.jpg?fit=1024%2C624&ssl=1)

काठमाडौँ — सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।





फेसबुक प्रतिक्रियाहरु