होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले आज एमसीसीबारे धारणा सार्वजनिक गर्दै
समाचार

एमालेले आज एमसीसीबारे धारणा सार्वजनिक गर्दै

  • नागरिक रैबार
एमालेले आज एमसीसीबारे धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ-आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

विज्ञापन

एमालेले कारवाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई बखास्त गर्नुपर्ने वा सभामुखले राजीनामा दिनु पर्ने माग राख्दै संसद अवरुद्ध गराउँदै आएको एमालेले एमसीसी अनुमोदन प्रक्रियामा समेत सहभागी भएन । यता सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसी अनुमोदन जस्तो ऐतिहासिक अवसरमा भाग नलिएर एमालेले एउटा सुनौलो अवसर गुमाएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार