काठमाडौँ — महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको पुलको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने जनाइएको छ । साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय राजदूतावासद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताकासाथ अघि सारेको सीमापार कनेक्टिभिटी अनुरुप रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त पुल निर्माण चाँडै सुरु गर्ने योजना रहेको जनाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु