होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नयाँ दल गठनको तयारीमा वामदेव गौतम
राजनीति

नयाँ दल गठनको तयारीमा वामदेव गौतम

  • नागरिक रैबार
नयाँ दल गठनको तयारीमा वामदेव गौतम

काठमाडौं। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्।

राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ। पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन। संयोजक गौतमले तत्कालिन नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय अभियान सुरु गरेका थिए।

त्यहीँ राष्ट्रिय अभियानलाई दलको स्वरुप दिन निर्वाचन आयोगमा दर्ता गर्ने गौतमको सचिवालयले जनाएको छ।गौतमसँग तत्कालिन एमाले केन्द्रीय सदस्य हरिप्रसाद पराजुली मात्रै छन्। अरु एमालेका प्रदेश र जिल्लातहमा काम गरेका कार्यकर्ता मात्रै छन्।

गौतम यसअघि निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेयता एमालेबाट राजीनामा दिएर बसेका गौतम हाल दलविहीन रहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि