होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईई र १२ को परीक्षा तालिका एक साताभित्र
समाचार

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

  • नागरिक रैबार
एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं, माघ १८। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।

केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य पक्रिया शुरू गर्नेछौं ।’ बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उउनले भने– ‘कोभिड–१९ संक्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनुपरे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’

विज्ञापन

बोर्डको बैठकले यसअघि नै एसईई परीक्षा वैशाख र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेकोले सोही आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि