होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवलपुरमा अटो चालक मृत फेला
समाचार

नवलपुरमा अटो चालक मृत फेला

  • नागरिक रैबार
नवलपुरमा अटो चालक मृत फेला

, चितवन । नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।

वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।

नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि