नागरिक रैबार/बाजुरा १४ कार्तिक।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. २ साप्पाटामा नेकपा एकिकृत समाजवादी पार्टी वडा नं २ को वृहत कार्यकर्ता भेला आयोजना गरिएको छ ।
समाजवादी पार्टी २ नम्बर वडाका वयवृद्ध तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य मन्नाम बुढाको अध्यक्षतामा उक्त कार्यक्रम साप्पाटामा चलिरहेको छ ।
कार्यक्रर्ता भेलामा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावत प्रमुख अतिथि रहेका छन् भने विशिष्ट अतिथि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य चिरन्जीवि शाही रहेका छन् ।
वडामा पहिलो पटक आयोजना गरिएको भेलामा समाजवादी पार्टीका ४ सय बढी कार्यक्रर्ताहरुको सहभागिता रहेको समाजवादी पार्टी बाजुरा जिल्ला कमिटीले बताएको छ ।
एमालेबाट विभाजन भए पश्चात दर्ता भएको सो पार्टीले अहिले बाजुरा जिल्लामा आफ्ना संगठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमहरु गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु