नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीनन्दा नगरपालिकाको नगर कमिटी अध्यक्षमा जंग विर रोकाया सर्वसम्मत चयन भएका छन् ।
नेकपा (एमाले) बुढीनन्दा नगर कमिटीको प्रथम अधिवेशन बाट उपाध्यक्षमा शुकबिर कडारा, सचिव जयलाल बिक, उपसचिव-प्रदिपराज जोशी हेम बहादुर रोकाया, कार्यालय सचिव नन्दविर विक लगायत रहेको निर्वाचन समितिका सदस्य लक्ष्मण जोशीले बताएका छन् ।
अधिवेशन सूरु भएको ४ दिनपछि उम्मेदवारहरु विच सहमति भएपछि एमाले बुढीनन्दा नगर कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित नयाँ कमिटीका पदाधिकारीहरुलाइ प्रदेश सभा (क) का माननीय बलदेव रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु