होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा काँग्रेसको दाबी
समाचार

स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा काँग्रेसको दाबी

  • नागरिक रैबार
स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा काँग्रेसको दाबी

सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन् । तर मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफल पुनः बस्ने गरी सकिएको नेताहरूले बताएका छन् । सो बैठकमा उपेन्द्र यादव र माधव नेपालको पार्टीको मालदार मन्त्रालयका विषयमा गलफतीसँगै काँग्रेसले समेत थप मालदार मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

काँग्रेसले स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेको हो । बैठकमा प्रधानमन्त्री देउवाले कम्युनिस्ट सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रिएको दाबी गर्दै सो मन्त्रालय आफ्नै पार्टीले राखेर राम्रो काम गर्न चाहेको बताएका थिए । यस्तै कोरोना महामारीको अवस्था रहेकाले स्वास्थ्य मन्त्रालय पनि प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने भएकाले त्यसमा पनि पार्टीकै दाबेदारी पेस भएको एक नेताले बताए ।

विज्ञापन

यसअघि नै काँग्रेसले आकर्षक मानिने गृह र कानुन मन्त्रालय पाइसकेको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै