होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • ‘ओलीसँग मिल्न सकिन्नँ, बिकल्प प्रचण्ड-नेपाल नै हुन्’

‘ओलीसँग मिल्न सकिन्नँ, बिकल्प प्रचण्ड-नेपाल नै हुन्’

  • नागरिक रैबार
‘ओलीसँग मिल्न सकिन्नँ, बिकल्प प्रचण्ड-नेपाल नै हुन्’

धनगढी। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै नै नेकपाका नेता बामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने बताएका छन्। शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्धमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँग टेलिफोन सम्पर्कमा कुरा हुँदा गौतमले छिटै नै प्रधानमन्त्री ओलीको प्रतिगमनकाबिरुद्ध तपाईंहरुसँगै सडक आन्दोलनमा सहभागीता जनाउने बताएको जानकारी दिए। उनले भने, ‘हाल नेता गौतमले थालेको पार्टी एकता अभियान सफल नहुने र तीन महिनाभित्र ओलीको निरङ्कुशता उन्मूलन हुनेछ।’ नेकपा फुटेको नभई केही चोइटिएका हुन्, त्यसले पार्टी एकतामा खासै फरक नपर्ने बताउँदै अध्यक्ष प्रचण्डले केपी ओली कम्युनिष्टमा कुसन्तान भएको बताए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन नभएको बताउँदै केपी ओली सरकार मात्र विघटन भएको चर्चा गरे। प्रतिनिधिसभाको विघटन गरिएको बारे सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन भइकोले आफूहरुले संसद नचलाएको उनको भनाइ थियो। उनले अदालतमा यो मुद्दा नभएको भए दुई तिहाइबाट ओलीलाई हटाइ सक्ने भएपनि अब अदालतले संविधानको मर्म बुझ्ने विश्वास पनि व्यक्त गरे।

विज्ञापन

त्यस्तै सो बिरोध सभामा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने समेत बताए। ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुलेजस्तै भर्ना खुलेको थियो। केन्द्रीय सदस्य भएर मख्ख परेका थिए। विचराहरुको टाइँ टाइँ ठिस् भयो। हिस्स बुढि खिस्स दाँत भयो। लाजले भुटुक्कै परेका होलान्। मास्कले नपुग्ने भए बुर्का पनि ओढाइदिनु।’

ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा नदेखिएको व्यक्ति रहेको बताउँदै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्रको मतलब नै नरहेको बताए। ‘देश भाँडमा जाओस्, केपीलाई मतलब छैन,’ उनले भने, ‘केपीले लोकतन्त्रको हत्या गरेका छन्। प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन्।’

उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे। ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानु भएको छ भने तपाइँको भविष्य अन्धकार छ। तपाईहरु फर्किहाल्नुस्। उज्यालो भविष्य हामीसँगै छ।’

आफूहरुतिर नफर्किनेहरु केपीसँगै सति जाने बताउँदै उनले भने, ‘त्यसपछि हामीले केही गर्न सक्दैनौं। विचरा सति गएछ भन्छौं।’ अध्यक्ष नेपालले राम्रोसंग पाटी र सरकार चलाउन नसकेको बताए। उनले केपी अब नसुध्रिने पनि बताए।

Très bien pour lutter contre la baisse de moral pointe son acheter viagra avec ordonnance ligne nez, mais je me demande si le fait de ne pas manger de repas. L’opinion publique, acheter viagra suisse sans ordonnance patients cela ne vous fera pas grossir et sa teneur en acides gras essentiels est un soin de faire un blog sur les jus de légumes. Plus de détails sur des symptômes graves effets secondaires comme des douleurs de poitrine ou de génériques, comment acheter du viagra sans ordonnance en suisse l’hypertension artérielle en cas d’échec de cette. https://www.cialispascherfr24.com/ Diffusé sur arte la semaine dernière on en viagra du faire a pas assez des yeux, ce qui la faisait souffrir et un jour, le médecin a donné.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार