नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् ।
शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया विन्दु, आँखा जाँच, आँखाको सल्यक्रिया, औषधि र परामर्श लगायतका सेवाहरु दिईने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु