



नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको गौमुल गाउँपालिकाको साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालयसम्म आवत जावत गर्न वर्षातमा जहिल्यै सास्ती हुने गरेको छ ।


साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालय घट्मुनासम्म आवतजावत गर्न वर्षातको समयमा निकै समस्या हुने गरेको छ । घटमुना देखि गाउँपालिकाको १ देखि ३ सम्म जानआउन अहिले पनि सिढिको सहारामा ज्यान नै जोखिममा राखेर पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।
गौमुल गाउँपालिकाले सो क्षेत्रका स्थानीयहरुको आवतजावतको समस्यालाई मध्येनजर गर्दै घटमुना देखि १ देखि ३ नम्बर वडा सम्म जानका लागि सडक निर्माण गरेको थियो ।
तर यस वर्ष निरन्तरको वर्षा संगै खोलामा आएको बाढीले काल्चेभिरमा निर्माण गरेको सडकबाटो नै पूर्ण रुपमा बगाएपछि अहिले सो ठाउँमा काठको सिढिको सहारामा स्थानीयहरु जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य भएको वडा नं. ३ का स्थानीय दिलबहादुर धामीले बताएका छन् ।
उनले भने यस अघि उक्त ठाउँमा फराकिलो बाटो निर्माण हुँदा यातायातका साधानहरु कमै संचालन भएपनि यस क्षेत्रका स्थानीयलाई दैनिक आवतजावत गर्न निकै सजिलो भएको थियो अहिले उक्त बाटो नदिले बगाएपछी झन अफ्ठेरो भएको छ ।
उसो त गाउँपालिकाले काल्चेभिर भन्दा अर्को ठाउँमा बाटो निर्माण गरेको छ । तर उक्त बाटो काल्चे भिरको बाटो भन्दा करिब १ देखि २ घण्टा फरक पर्ने भएकोले अधिकांस स्थानियहरु काल्चेभिरको बाटोमा काठको सिढिकै सहारामा हिड्ने गरेको स्थानिय जोगमल रोकायाले बताएका छन ।
काठको सिढिमा ओहोरदोहोर गर्दा अलिकति चिप्लीए भने सिधै तल बुढिगंगा नदि खस्ने सम्भाबना निकै रहेको अर्की स्थानिय गिता रोकायाले वताएकी छन् ।
यो भिरमा आवतजावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको सिढि मार्फत आवतजावत गर्दा त्रासपुणर् वाताबरणमा ओरदोहर गर्नु परेको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । अत्याधिक बुढिगंगा नदिको बहावका कारणले बाटो निर्माण गर्न निकै समस्या भएको र स्थानियलाई केही सहज होस भनेर सिढी निर्माण गरेको उनले बताएका छन ।
खालि हिडन त निकै जोखिम छ, भारि सँग भने निकै समस्या रहेको गौमुल गाँउपालिका १ का अध्यक्ष बल बहादुर रोकायाले वताएका छन् । यो बाटो भएर गौमुल १, २ र ३ का स्थानिय ओहोरदोहोर गर्ने गरेका छन् ।
यि तिन बटै वडाका बासिन्दाले गाँउपालिकाको कार्यलय आउन पनि यहि बाटो प्रयोग गर्ने गरेका छन् ।खाद्यान्न तथा सामान ढुुवानी गर्न अफ्ठयारो भएपछि गौमुुल १, २ र ३ मा विकास निर्माणका काम समेत प्रभाबित बनेका छन् ।



फेसबुक प्रतिक्रियाहरु