होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तल्ला तहका प्रहरी खुसी
समाचार

तल्ला तहका प्रहरी खुसी

  • नागरिक रैबार
तल्ला तहका प्रहरी खुसी

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटकपटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।

यतिबेला कोरोना महामारीका लागि अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्ला तहका कर्मचारी रासन भत्तामा भएको वृद्धिसँग खुसी छन् । सरकारले पाँच वर्षमा उनीहरूले पाउँदै आएको रासन भत्ताको रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशतले वृद्धि गरेको घोषणा गरेका हुन् ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता विगत पाँच वर्षदेखि बढ्न सकेको थिएन भने गृह मन्त्रालयले दुवै प्रहरीतर्फबाट आएका गुनासा सुनेर ५० प्रतिशत वृद्धि गर्न प्रस्ताव गरेको थियो । त्यसबखत गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले यस्तो प्रस्ताव अघि बढाएका थिए । तर, अर्थ मन्त्रालयले बजेट अभाव भएको र राज्यलाई आर्थिक भार पर्ने भन्दै यसअघि प्रस्ताव स्वीकृत गरेको थिएन ।

तर, योपटक अर्थमन्त्री पौडेलले २०७२ माघदेखि बढ्न नसकेको सुरक्षाकर्मीको रासन भत्ता बढाउने निर्णय गरेपछि दुवै प्रहरी संगठनले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विकटता अनुसार प्रहरीले पाउँदै आएको रासन भत्ताको दर पनि फरक भएको जानकारी दिए ।

उनका अनुसार हाल प्रहरीले जिल्लाको विकटताको अवस्था हेरेर ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता पाउँदै आइरहेका छन् । प्रहरी प्रवक्ता कुँवरका अनुसार हुम्ला, जुम्लाजस्ता जिल्लामा रासन भत्ताबापत प्रहरीले १० हजारको हाराहारीमा रकम पाउने गरेका छन् । काठमाडौंमा भने भत्ता रकम ४ देखि ५ हजारको बीचमा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि