होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलको गर्जनः बालुवाटारमा बस्ने केटोले सुन्नुस….
समाचार

भीम रावलको गर्जनः बालुवाटारमा बस्ने केटोले सुन्नुस….

  • नागरिक रैबार
भीम रावलको गर्जनः बालुवाटारमा बस्ने केटोले सुन्नुस….

धनगढी,१७ माघ – विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएका छन् । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदुरपश्चिममा गएर भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उनले जवाफ र्फाएका हुन् ।

प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भने, ‘यो खुलामञ्चको आँगनमा र घरमरमा प्रत्यक्ष प्रशारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको कर्तुतविरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस ।’

रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा पनि दिए ।

‘उहाँ एक नम्बरको भगुवा हो,’ रावलले भने, ‘३ महिनाभित्र पार्टी एकीकरणको काम सम्पन्न गर्ने भनेपछि केपी ओलीले पार्टीको वैठक नै बोलाउन मान्नुभएन ।’ सुदुरपश्चिमबाट एकैपटक चार मन्त्री बनाएको प्रसंग निकाल्दै रावलले पार्टी फुटाउन ओलीले मन्त्री पदलाई अस्त्र बनाएको दावी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै