होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा ओलीलाई बेवास्ता गरेका मुख्यमन्त्री र मन्त्री प्रचण्ड–नेपालको स्वागतमा
समाचार

धनगढीमा ओलीलाई बेवास्ता गरेका मुख्यमन्त्री र मन्त्री प्रचण्ड–नेपालको स्वागतमा

  • नागरिक रैबार
धनगढीमा ओलीलाई बेवास्ता गरेका मुख्यमन्त्री र मन्त्री प्रचण्ड–नेपालको स्वागतमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् ।

आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड-नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए ।

उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको शून्य सहभागिता थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि ओलीको स्वागतमा धनगढी विमानस्थल भएका थिएनन् ।

 

प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरूले ओलीको स्वागत गरेका थिएनन् । तर संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी ओलीको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए ।

प्रदेश सरकार ओली पक्ष विहीन छ । पछिल्लो समय ओली पक्ष निकट मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिलामन्त्री झपट बोहोराले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पनि जानकारी नदिइएकोले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगइएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको थियो ।

नेकपामा विभाजन आएपछि संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टको स्वागतमा पनि मुख्यमन्त्री भट्ट गएका थिएनन् ।

 

मन्त्री भट्टले आफ्नो स्वागतमा नआएर मुख्यमन्त्रीले राजनीतिक संस्कार बिर्सेको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओली गुटको सभालाई सम्बोधन गर्न यसअघि धनगढी आएका कारण स्वागतमा आफूहरु नगएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । तर आज भने पार्टीको कार्यक्रममा लागि अध्यक्षद्वय आएकाले स्वागत गरिएको र आफू पनि कार्यक्रममा सामेल हुने जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै