धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्।
सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुुगेका हुन्। सो समूहका अर्का नेता एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शुक्रबार नै धनगढी पुगेका छन्। सो समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेकपा २ खेमामा विभाजित भएको छ। प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री ओलीको विरोधमा उत्रेको छ।
फेसबुक प्रतिक्रियाहरु