होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठकबाट ओलीलाई कारबाही गर्छौं : दाहाल
समाचार

प्रतिनिधिसभा बैठकबाट ओलीलाई कारबाही गर्छौं : दाहाल

  • नागरिक रैबार
प्रतिनिधिसभा बैठकबाट ओलीलाई कारबाही गर्छौं : दाहाल

मोरङ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् ।

‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको छ,’ प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित सभामा उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्छौं ।’ उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए ।

 

विज्ञापन

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे । ‘प्रधानमन्त्री ओलीको सेटिङ भत्काएर अब जनताको सेटिङ हुन्छ,’ उनले भने, ‘त्यसका लागि पुनः एकपटक जुर्मुराएर सबै उठ्नुको विकल्प छैन ।’

आफ्ना छोराछोरी र ज्वाइँलाई मात्रै हेरेको र आमनागरिकलाई नहेरेको प्रधानमन्त्री ओलीको आरोपबारे एक कार्यकर्ताले पत्रमार्फत गरेको प्रश्नमा दाहालले ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु गल्ती हो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ । त्यो मेरो दोष हो ? मैले आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडें, त्यो मेरो दोष हो ?’ उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ ।’

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूहले शुक्रबार विराटनगरमा गरेको सभा ।

 

नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति हाबी भएको बताए । प्रधानमन्त्री ओलीले वकिल, पत्रकार, नागरिक समाज, पूर्वप्रधानमन्त्रीहरूलाई अपमान गरेको उनको भनाइ थियो । ‘जनताले सबै तानाशाहलाई उखालेर फालेका छन्,’ उनले भने, ‘जनताका सामुन्ने बिचरा प्रधानमन्त्री ओली कति दिनसम्म टिक्छन् ?’ प्रधानमन्त्री ओलीले पहिलो धक्का निर्वाचन आयोगबाट पाइसकेको नेपालको भनाइ थियो ।

नेकपाका अर्का नेता झलनाथ खनालले प्रधानमन्त्री ओली महाभारतका आधुनिक सकुनी भएको टिप्पणी गरे । ‘जसरी सकुनीले यदुवंशीको विनाश गरे त्यसरी नै प्रधानमन्त्री ओलीले कम्युनिस्टलाई विनाश गर्न खोजेका छन्,’ उनले भने, ‘जनताले महाभारतका सकुनी जस्तै प्रधानमन्त्री ओलीलाई पनि कथामा सीमित गर्ने बेला आइसकेको छ ।’

अर्का नेता योगेश भट्टराईले कांग्रेस सत्ता स्वार्थमा लागेकाले अलमलमा परेको बताए । ‘प्रतिनिधिसभा र जनताको संविधानको हत्या भएको अवस्थामा सबैले आ–आफ्ना कित्तामा उभिनु आवश्यक छ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार