होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ओलीको सूचीलाई चुनौती दिँदै तीन जनाले दिए उम्मेदवारी
Breaking News

ओलीको सूचीलाई चुनौती दिँदै तीन जनाले दिए उम्मेदवारी

  • नागरिक रैबार
ओलीको सूचीलाई चुनौती दिँदै तीन जनाले दिए उम्मेदवारी

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।यस्तै, उपाध्यक्षमा ओलीले युवराज भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् । उपाध्यक्ष पदमा घनश्याम भुसालले ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनी पनि ओलीको सूचीमा समावेश छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै