होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा
समाचार

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा

  • नागरिक रैबार
प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा

नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो ।

त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ । त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।

विज्ञापन

बारले अन्य न्यायाधीशको हकमा भने केही बोलेन । बारले ९० वटै युनिटको भर्चुअल बैठक राख्ने निर्णय पनि गरेको छ । न्यायपालिकाको समग्र सुधारका लागि उदेश्यले आन्दोलन गर्नुपरेको भन्दै बारले सवैको सहयोगको अपेक्षा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार