होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’
समाचार

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

  • नागरिक रैबार
सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ‘हेर्न नमिल्ने’मा परेको छ।पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो।

संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। कनकमणि दीक्षित र सुशिल प्याकुरेल लगायतले दारयर गरेको रिटपनि संयुक्त रुपमा इजलासमा पेसी चढेको थियो।

विज्ञापन

यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो।द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै