होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान
समाचार

स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

  • नागरिक रैबार
स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।

माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ ।’

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

विज्ञापन

उनी जण्डिस बिगि्रएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार