होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताबीच छलफल
समाचार

मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताबीच छलफल

  • नागरिक रैबार
मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताबीच छलफल

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटिसकेको छैन ।

विज्ञापन

देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वमा नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने देउवा निकट एक नेताले बताए । गएको २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसद्‌मा विश्वासको मत लिएका थिए । तर, मन्त्रिपरिषद्मा विश्वासको मत दिने दल र सांसदहलाई समेट्ने योजना अन्तर्गत देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

सोमबार जनता समाजवादी पार्टीका शीर्ष नेताहसहित सत्तारुढ गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लाग्ने एक नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार