होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अबको केही दिन साउने झरी दर्कने
Breaking News

अबको केही दिन साउने झरी दर्कने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अबको केही दिन साउने झरी दर्कने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन साउने झरी दर्कने जनाएको छ । महाशाखाले आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने भएकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी भएको अनुमान गरिएको जानकारी दिएको छ ।

अबको चार दिनको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन साउने झरी पर्ने सम्भावना औँल्याइएको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै