नागरिक रैबार/बाजुरा १५ असार। पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको साँफे-मार्तडी सडक आजबाट सूचारु भएको छ ।
साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने दवारी देखि वल्दे सम्मको सडकमा पहिरो खसेपछि सदरमुकाम मार्तडीसम्मको सडक करिव ३ सातादेखि अवरुद्ध बनेको थियो ।
पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सूचारु गर्न स्काइभेटरले सडकमा खसेको पहिरो सफा गरेपछि आजबाट साँफे-मार्तडी सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी मदनजीत महराले बताएका छन् ।
पहिरोका कारण साँफे-मार्तडी सडक अन्तरगतको दवारी देखि बल्दे सम्मको झण्डै एक किलोमिटर सडक खण्डमा स्थानीयहरुले जोखिमपूणर् पैदल यात्रा गर्दै आएका थिए । सडक सूचारु भएपछि मार्तडीबाट धनगढी, नेपालगंज, काठमाण्डौंसम्म आवत जावत गर्न स्थानीयलाई सहज भएको छ ।
दवारी बल्दे सडकको दिगो व्यवस्थापन हुन नसकेपछि बल्दे दवारी क्षेत्रमा वर्षातमा जहिल्यै सडक अवरुद्ध हुने गरेको छ । सडक डिभिजनले पनि सोही क्षेत्रमा सडकलाई दिगो व्यवस्थापन गर्न नसकेपछि सदरमुकाम मार्तडीसम्मको मुख्य राजमार्ग सडक वर्षातको समयमा पानी पर्ने वित्तिकै अवरुद्ध हुने स्थानीयको गुनासो छ ।
फेसबुक प्रतिक्रियाहरु