



नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुरा प्रदेश (ख) को अधिवेशन सुरू भएको छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सर्कुलर अनुसार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं ख को अधिवेशनबाट आजबाट सदरमुकाम मार्तडीमा सूरु भएको हाे ।


गत असोज ५ गते वडा अधिवेशन तथा गत असोज ९ गते नगर अधिवेशन सर्वसहमतीका आधारमा सम्पन्न गरी मंगलबारबाट निश्चित समयमै प्रदेश अधिवेशन सुरू गरिएको प्रदेश ख का सभापति दिपक विक्रक शाहले बताए ।
नेपाली काँग्रेस प्रदेश ख का सभापति दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि काँग्रेस बाजुराका पाटी सभापती कविराज पण्डित रहेका थिए ।
त्यसैगरी बिशिष्ट अतिथिमा पुर्व सासद दय देवराज जोशी , सविधान सभा सदस्य महानेपाली , पुर्व पाटी सभापती मान बहादुर रावल , बरिष्ठ नेता रामसिंह रावल , महासमित सदस्य पदम शाही , नेपाल महिला संघ केन्द्रिय सदस्य जुना दानी , महाधिवेशन प्रतिनिधी राधिका सिंह , संगठन बिभाग प्रमुख धनराज पण्डित लगायत जिल्ला कार्यसमितिका सदस्यहरू सम्पूर्ण भातृ तथा भगेनी संगठनका प्रमुख तथा प्रतिनिधि तथा सम्पूर्ण नेपाली काँग्रेसमा आस्थावान्को सहभागीता रहेको थियो ।संगठन बिभाग प्रमुख धनराज पण्डितले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन पाटी सचिव रनसिङ अएडीले गरेका थिए ।



फेसबुक प्रतिक्रियाहरु