बुटवल: जातीय विभेदसँगै लैङ्गिक हिंसाविरुद्ध देशभर अभियान संचालन गर्ने उद्देश्यले दलित महिला संगठन घोषणा भएको छ । सञ्चारकर्मी, महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा उक्त संगठन घोषणा भएको हो ।
आइतबार बुटवलको मेरी गोल्ड होटेलमा भएको कार्यक्रमबाट सुनार अध्यक्षमा चयन भएकी हुन् । शनिबार र आइतबारको छलफलपछि संगठनको घोषणा भएको थियो । सात वटै प्रदेश र विभिन्न जिल्लाबाट दलित महिला अधिकारकर्मीको उपस्थिती रहेको थियो ।
दलित महिलामाथि भइरहेका घटना, मुद्दा जातीय विभेद र हिंसामा परेका महिलाहरुको आवाज बन्ने अध्यक्ष सुनारले बताइन् । उनले भनिन्, ‘जिल्लाबाट आएका क्रियाशिल महिलाहरुले अब आफ्नो मुक्ति र हिंसाको लडाइ लड्नै पर्नेछ ’ ।
विभिन्न जिल्लामा पुगेर हिंसामा परेर दलित महिलाका लागि अधिकारको बन्ने संगठनले दाबी गरेको छ । योसँगै महिला हिंसाविरुद्ध बोल्ने बताइएको छ । संगठन देशभर विस्तार हुँदैछ ।
फेसबुक प्रतिक्रियाहरु