धनगढी । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए ।
त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुलेको प्रहरीले बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु