होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुरोध
Breaking News

नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुरोध

  • नागरिक रैबार
नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाजुराकाे अनुरोध

जिल्ला प्रशासन कार्यालय बाजुराले नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन  अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनका कारणले बाढी,पहिरो जाने गरेकाले बुढिगंगा नदि लगायतका नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको हाे ।

बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र पहिरो गएको ठाउँबाट सुरक्षित ठाउँमा बसोबास गर्न जिल्लाबासीलाई अनुरोध गरिएको छ । बाढी र पहिरो आएमा जिल्ला प्रहरी कार्यालय बाजुरा र प्रमुख जिल्ला अधिकारी लगायतका सम्बन्धित निकायमा खबर गर्न आग्रह गरिएको सुचनामा उल्लेख  छ ।

अविरल वर्षाका कारण नदीहरुमा विशेष गरी बुढीगंगा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदीको छेउछाउमा नजान र बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई विशेष निगरानी राख्न उल्लेख गरिएको छ ।

बुढिगंगा नदि लागयतका नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहनभई पहिरोको त्रास हुनासाथ नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित ठाउँमा जान अपिल गरिएको छ । बाढी वा पहिरो लगायतका विपदका घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको आपतकालिन कार्य संचालन केन्द्रको टेलिफोन ९८६४३१४०६६,०९७५४१३१४ मा सूचना दिन जिल्लाका नागरिकहरुमा आग्रह गरिएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार