होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब
राजनीति

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

  • नागरिक रैबार
सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो’ चौधरीले  भने, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’

एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि