होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !
राजनीति

प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

  • नागरिक रैबार
प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

‘मलाई धेरै समस्या हुन लागिसक्यो, तपाईहरुले समयमा मन्त्री बन्नेको नाम दिन सक्नुभएन । यसले बाहिर समेत राम्रो म्यासेज गएन, आलोचना हुन थालिसक्यो’, देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘ जतिसक्दो चाँडो नाम दिनुस् । मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुन्छ ।’

बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले जनमोर्चालाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र सांसद दुर्गा पौडेलले आफूहरु प्रतिगमनविरोधि आन्दोलन परास्त गर्नमात्रै गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा सहभागी नहुने कुरा पहिल्यै भनिसकेको बताएका थिए ।

‘राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन, राम्रो काम गरे समर्थन गर्छ भनेर पहिला नै भनेको हो । अहिले पनि म यही कुरा दोहोर्याउँछु’, देउवाको आग्रहपछि अध्यक्ष केसीले बैठकमा भनेका थिए, ‘मन्त्री कसलाई बनाउने,नबनाउने तपाईंहरुको कुरा हो । हामी गलत कुराको भण्डाफोर र सही कुराको समर्थन गरिरहन्छौ । तपाईहरुले राम्रो काम गर्नुभएन भने जनमोर्चा प्रतिपक्षमा बस्छ, कुनै आपत्ति छैन ।’

केसीले यस्तो बताएपछि प्रधानमन्त्री देउवाले सरकारमा मात्रै नजाने कि संवैधानिक, राजनीतिक नियुक्ति बारेमा पनि सहभागी नहुने ? भनेर प्रश्न गरेका थिए ।

जवाफमा केसी र पौडेलले ‘त्यस्ता नियुक्तिहरु संविधानसम्मत हुन्छन् र न्यायपूर्ण हुन्छ भने सहभागी हुन कुनै आपत्ति छैन’ भन्ने जवाफ दिएका थिए ।

बैठकमा एमालेको माधव नेपाल समुहको प्रतिनिधित्वका बारेमा समेत छलफल भएको थियो । बैठकमा सहभागी माधव समुहका नेता डा. विजय पौडेलले आफुहरु सरकारमा जाने सरोकारको विषय नै नभएको भन्दै नीतिगत सुझाव मात्रै दिन सक्ने बताएका थिए । बैठकमा सहभागी पौडेलले कोभिडविरुद्धको खोप र कोभिडबाट प्रभावित सवै तहका जनता र व्यवसायीलाई राहत पुग्ने प्याकेजको व्यवस्था गर्न सुझाव दिएका थिए ।

‘सानादेखि ठूला व्यवसायी र आधारभूत वर्गका लागि के गर्ने ? यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ’, एमाले नेता पौडेलको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री बन्नेको नाम दिन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरे पनि कसले कति नाम दिने र कसलाई कतिवटा मन्त्रालयको जिम्मा दिने भन्ने स्पस्ट छलफल नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पाँच दलीय गठबन्धनमध्ये जनमोर्चा सरकारमै नजाने र एमालेको माधव समूह तत्काल सरकारमा जाने पक्षमा छैन । अहिलेको समीकरण अनुसार दुई दल सरकारमा नजाने भएकाले तीन दल काँग्रेस, माओवादी र जसपाले ६÷६ वटा मन्त्रालय भागवण्डा गर्ने तयारी छ । काँग्रेस र माओवादीले दुई–दुईवटा मन्त्रालय पाइसकेकाले अबको विस्तारमा उनीहरुले चार–चारवटा मन्त्रालय पाउनेछन् ।

माधव नेपालसँग सरकारमा सहभागिताको विषयलाई लिएर देउवा र प्रचण्डले आजै छलफल गर्ने गठबन्धनको बैठकमा निर्णय भएको एक नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि