होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पहिरोका कारण गाैमुलमा बुढीगंगा नदि थुनियो : सतर्क रहन आग्रह
Breaking News

पहिरोका कारण गाैमुलमा बुढीगंगा नदि थुनियो : सतर्क रहन आग्रह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पहिरोका कारण गाैमुलमा बुढीगंगा नदि थुनियो : सतर्क रहन आग्रह

नागरिक रैबार/बाजुरा, १३ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर-२ मा पहिरोले बुढिगंगा नदि थुनिन थालेपछि तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सांझसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

पहिरोका कारण नदि थुनिएको र पानीको बहाब पनि उच्च रहेका कारण उग्र रुप लिने देखिएकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न जानकारी मोबाइल मेसेजमार्फत् महाशाखाले जनाएको छ।

हिरो नरोकिएर नदि धेरै समयसम्म थुनिए बाजुराको तटिय क्षेत्र घट्मुना, भौनेरा, रापक, जडांङ्गा, दवारी, तापृसेरा लगायत अछामको सांफे बगर सम्म असर गर्न सक्ने आंकलन गरिएको छ। वर्षातको समयमा बुढिगंगा नदि थुनिने डरले तटीय क्षेत्रका बाजुरा र अछामका स्थानीय त्रसित हुँदै आइरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै