होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसको कोठामा किशोरी बलात्कृत भइन्, उनैले कसरी पाए सफाइ ?
समाचार

जसको कोठामा किशोरी बलात्कृत भइन्, उनैले कसरी पाए सफाइ ?

  • नागरिक रैबार
जसको कोठामा किशोरी बलात्कृत भइन्, उनैले कसरी पाए सफाइ ?

धनगढी : दार्चुला जिल्ला अदालतले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनाको कसुर ठहर गरेको छ। बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई सफाइ दिएको अदालतले सहचालकलाई दोषी ठहर गरेको हो।

अदालतका सूचना अधिकारी बिमल रेग्मीका अनुसार सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ वर्षीय चालक सुरेश बिष्टलाई सफाइ दिएको हो।

दोषी ठहर भएका महरको सजाय निर्धारण भने अर्को पेशीमा हुने सूचना अधिकारी रेग्मीले बताए। सफाइ पाएका बिष्टकै कोठामा १४ वर्षीया किशोरीको तीन दिनसम्म बलात्कार भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। बयानमा बिष्टले पनि किशोरीसंग यौन सम्पर्क राखेको स्वीकार गरेका छन्।

विज्ञापन

‘किशोरीलाई मैले पनि शारीरिक सम्पर्क गर्न दिने हो ? भन्दा निजले पैसा दिने भए मात्र हुन्छ, नत्र हुँदैन भन्दा तत्काल मैले निजलाई दुई हजार दिँदा एक हजार मलाई फिर्ता दिएकी थिइन्। पछि मैले पीडितलाई मेरै खटियामा सुताई कुनै पनि अस्थाई साधन प्रयोग नगरी एकपटक यौन सम्पर्क गरेको थिएँ,’ गाडी चालक बिष्टको बयानमा उल्लेख छ।

पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा बिष्ट घटनास्थलमै भेटिएका थिए। जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले बढी कसुर देखिएका व्यक्तिले नै अदालतबाट सफाइ पाएको बताए। ‘महरभन्दा बढी कसुर बिष्टको थियो भन्ने हामीलाई लागेको छ। आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने तयारी छ,’ उनले भने।

यता जिल्ला अदालतका सूचना अधिकारी समेत रहेका तहसिलदार रेग्मीले बिष्टले कसुर गरेको नदेखिएपछि सफाइ पाएको बताए। ‘अभियोग पुष्टि नभएका कारण सफाइ पाएका हुन्। फैसलाको पूर्णपाठमा सफाइ पाउनुको कारण उल्लेख हुन्छ,’ उनले भने। ०७७ पुस र माघमा १४ वर्षकी किशोरीलाई गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै मुद्धा दर्ता भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै