होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं
राजनीति

माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

  • नागरिक रैबार
माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

१३ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ ।प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए ।

पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले अनलाइनखबरसँग भने । जवाफमा प्रधानमन्त्रीले पनि तपाईंहरुको समस्या बुझेको छु भनेका थिए ।बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न भनेको जानकारी दिए ।

जनमोर्चा पनि सरकारमा नजाने

विज्ञापन

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए । ‘हामीलाई सरकारमा जाने म्यान्डेट जनताले दिएका छैनन्, हामी सरकारमा आउँदैनौं, राम्रो कामको समर्थन र नराम्रो कामको विरोध रहन्छ भनेर मैले कुरा राखें,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने ।

अध्यक्ष केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर गलत गरेको भनेरसमेत कुरा राखेका थिए । तर आफूले यो कुरा राख्दा प्रधानमन्त्रीले कुनै जवाफ नदिएको केसीले बताए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागी हुनेहरुको नामावली छिट्टै उपलब्ध गराउने बताएका थिए ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको र छिटो मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको कांग्रेस नेता खड्काले बताए । कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई-दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

न्यूनतम साझा कार्यक्रम छिटो टुंगो लगाउन निर्देशन

बैठकमा प्रधानमन्त्री देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन महामन्त्री खड्कालाई निर्देशनसमेत दिएका थिए । खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए । एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व डा. विजय पौडेलले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि