होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले महाधिवेशनको बन्द सत्र आजदेखि
Breaking News

एमाले महाधिवेशनको बन्द सत्र आजदेखि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले महाधिवेशनको बन्द सत्र आजदेखि

काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले शुभकामना दिनेछन् ।एमालेले आज नै उम्मेदवारी दर्ता र भोलि बिहानदेखि मतदानको निर्वाचन कार्यक्रम तय गरेको छ ।केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको थियो । साथै ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै