काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याउने भएको छ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएपछि एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याउने भएको हो।
एकीकृतले भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय माग गरेको बताइएको छ। विरोध खतिवडा र रामकुमारी झाँक्रीमध्ये कुनै एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने एकीकृतले तयारी गरिरहेको स्रोतले बतायो।
‘कसको नेतृत्वमा सरकारमा सहभागी हुने त्यसबारे थोरै समस्या देखिएको छ। रामकुमारी माननीयजीको प्रोफाइल बढ्यो सचिव हुनुभयो। संसदीय फाँटतिर विरोध खतिवडाजी सिनियर हुनुभयो,’ नेकपा एकीकृत स्रोतले भन्यो, ‘कुरा भइरहेको छ। आज बेलुकीसम्म टुंगिन्छ होला।’
खतिवडा र झाँक्रीका साथै मेटमणि चौधरी, प्रेम आले, र भवानी खापुङ तथा किसान श्रेष्ठमध्ये एक जना गरी ६ जनालाई सरकारमा पठाइने स्रोतले बतायो। ‘मन्त्रीहरूको नाम लगभग टुंगो लागिसकेको छ,’ स्रोतले भन्यो,‘अध्यक्षजीले सम्भवतः आजे प्रधानमन्त्रीलाई सबै नाम बुझाउनु हुनेछ।’
नेतृत्वबारे थोरै समस्या देखिएको छ। रामकुमारी माननीयजीको प्रोफाइल बढ्यो सचिव हुनुभयो, संसदीय फाँटतिर विरोध खतिवडाजी सिनियर हुनुभयो। कुरा भइरहेको छ बेलुकीसम्म टुंगिन्छ। प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
गठबन्धनमा आवद्ध जनता समाजवादी (जसपा) ले अध्यादेश फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने अडान राख्दै आइरहेको छ।
फेसबुक प्रतिक्रियाहरु