बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ ।
मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो ।
अहिले दशै तिहार नजिक आइ रहेको छ दैनिक सयौंको संख्यामा यात्रुहरु आइरहेका छन तर बाटो मर्मतको कुनै सुरसार नभए पछि यात्रुले ७ किलोमिटरको दुरीमा दुई वटा गाडि फेर्नु परेको दुखेसो गरेका छन । गाडी फेर्नु पर्दा १ सय रुपैयाँ भाडा लाग्ने पिलुचौर सम्मको २ सय देखि २ सय ५० सम्म भाडा तिर्नु परेको छ भने समयमै गाडी नपाइने समस्याले आवत जावतमा सास्ती भै रहेको छ ।
विरामीहरु लिएर आउदा पनि समयमा गाडी पाइदैन । लामो समय सम्म बाटो निमार्णको काम भएको छैन, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ का स्थानिय शंकरप्रसाद उपाध्यायले बताउनुभयो । नगरपािलकाको क्षेत्र भित्र पर्ने सडक दुई साता देखि अवरुद्ध हुदा पनि नगरपािलकाले अहिले सम्म कुनै ठोस पहल चालेको देखिदैन उहाँले बताउनुभयो ।
जिल्लाकै हवाई यातायातले समेत जोडिएको यस क्षेत्रबाट बाजुरा मात्र नभई हुम्ला र मुगु लगायतका स्थानबाट समेत स्थानिय आवत जावत गरिरहेका छन । टाढा टाढाबाट आउने यात्रुलाई बाटो अवरुद्ध छ भन्ने थाहा हुदैन, आइ सकेपछि समस्या झेल्नु पर्ने स्थानियले बताएका छन । यता बुढीनन्दा नगरपालिकाकाले भने बाटो मर्मतका लागि आवश्यक कामको तयारी भै रहेको बताउदै आएको छ । रेडीयो बुढीन्दाबाट
फेसबुक प्रतिक्रियाहरु