होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छाडा पुशचौपायासहितको र्‍याली
समाचार

छाडा पुशचौपायासहितको र्‍याली

  • नागरिक रैबार
छाडा पुशचौपायासहितको र्‍याली

धनगढी: कैलालीमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ। स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रण गर्न स्थानीयले दबाब दिँदै आएका छन्।

यस्तै शुक्रबार पशुचौपाया नियन्त्रण गर्न दबाब दिदै अत्तरियामा स्थानीयहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको अगुवाई थ्रिडिभिएल क्रियशन नामक संस्थाले गरेको थियो।

सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको प्रदर्शनकारीहरुले बताएका छन्। कैलालीमा गौशाला निर्माण गरिएको भए पनि छाडा पशु चौपाय नियन्त्रण हुन सकेको अवस्था छैन।

विज्ञापन

स्थानीय पालिकाहरुले छाडा चौपायाको व्यवस्थापनका लागि लाखौं रकम खर्च गरेपनि त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन। रातिको समयमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले छाडा चौपायाको घाँटीमा रिफ्लेक्टीभ बेल्ट लगाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार