होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने
समाचार

माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने

  • नागरिक रैबार
माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा एसका एक नेताले बताए ।

उपसभामुख नेकपा एसले पाउने सहमति भए अनुसार टुंगिएपछि एकता प्रक्रियाले गति लिने भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।

आगामी आमनिर्वाचन अगावै एकीकरण गरेर जाने तयारी अनुसार माधव नेपालले संगठन निर्माणमा सक्रियता बढाइसकेका छन् । प्रचण्ड र माधव नेपालले विचार मिल्ने अन्य शक्तिसँग पनि एकता गरेर चुनावमा जाने रणनीति बनाइसकेको बुझिएको छ ।

संघीयता, गणतन्त्र र धर्मनीरपेक्षका पक्षधर शक्ति एक भएर चुनावमा जाने गरी अग्रिम गृहकार्य अनुसार पछिल्लो घटना विकास भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै