होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण
समाचार

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

  • नागरिक रैबार
सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।

‘तपाई समेतका नेकपा एमालेका तर्फबाट सु.प. प्रदेशको मन्त्रिमण्डलमा सहभागी रहेका केही कमरेडहरुले पार्टी स्थायी समितिको जेठ ११ गतेको निर्णयअनुसार सुप सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र हाम्रो पार्टीका तर्फबाट त्यस मन्त्रिमण्डलमा सामेल भएका मन्त्रीहरुलाई फिर्ता हुने निर्णयको अवज्ञा गर्नुका साथै सोही विषय सम्बन्धि पार्टी प्रदेश कमिटीको निर्देशन समेत अवज्ञा गर्नुभएको छ’ शाहलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै