धनगढी,१४ चैत्र –नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला भेला धनगढीमा सुरु भएको छ । ‘कार्यक्रम सुरु हुनु पूर्व अत्तरियाबाट धनगढीसम्म मोटरसाइकल ¥याली निकालिएको थियो । भेलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत,नेता बचन बहादुर सिंह लगायतकाले सम्बोधन गर्ने कार्यक्रम छ ।
बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर कार्यक्रम स्थलमा सुरक्षा सतर्कता समेत अपनाइएको आयोजकले दाबी गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु