होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अदालतले दिउँसै रात पार्ने काम गरेको छः प्रचण्ड
राजनीति

अदालतले दिउँसै रात पार्ने काम गरेको छः प्रचण्ड

  • नागरिक रैबार
अदालतले दिउँसै रात पार्ने काम गरेको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरे ।

माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले यसको विरुद्धमा आफू लड्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए ।

 

‘पटक पटक महन्थजी र म पहिचानका लागि लड्ने काम गरेका छौं, मधेशका निम्ति १३ सय जनाले सहादत दिएका छन्, त्यो कुरा महन्थजीलाई थाह छ’, उनले भने, ‘कहिले २२ दल त कहिले ३३ दलको संगठन बनाएर संघर्ष गरेकै हो ।’

संविधानलाई परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले आफू रेशम चौधरीको रिहाइको पक्षमा रहेको पनि बताए । उनले ओली गुटका मान्छेले एकपछि अर्को गर्दै जेलमा गएर चौधरीलाई भेटेको बताउँदै उनले त्यो सत्ता स्वार्थ बाहेक केही हुन नसक्ने बताए ।

उनले भने, ‘महन्थजी मात्र पिडित होइन, म पनि पिडित हुँ, मेरा पनि मान्छे जेलमा छन्, मेरो टाउकोमा पनि मुद्दा छन् त्यसलै मिलेर ओलीको प्रतिगमनको विरुद्धमा लडौँ ।’ उनले अब नयाँ खालको जनविद्रोह हुने बताउँदै तर त्यो जनविद्रोह शान्तिपूर्ण हुने धारणा राखे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि