होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्डतिर हेर्दै नेपालले भने, ‘म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु’
राजनीति

प्रचण्डतिर हेर्दै नेपालले भने, ‘म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु’

  • नागरिक रैबार
प्रचण्डतिर हेर्दै नेपालले भने, ‘म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु’

काठमाडौं, १४ चैत । ‘तपाईहरुले किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्नुभएको हो ?’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तोताको प्रश्नपछि एकछिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर हेर्नुभयो ।

त्यसपछि भन्नुभयो, ‘यो प्रश्न सोधेर मलाई गाह्रो नबनाउनुस् मलाई । (हा हा) ।’ कार्यक्रममा एक छिन हाँसो चल्यो । कार्यक्रम थियो, प्रज्ञा भवनको प्रांगणमा । त्यहाँ उपस्थित थिए, नेपाल र प्रचण्डसहित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्ठ ठाकुर, नेपाली कांग्रेसका नेता मिनेन्द्ररिजाललयात नागरिक अभियन्ताहरु ।

‘नागरिकको प्रश्न, नेताहरूको जवाफ’ नामक आयोजित डबली कार्यक्रमको सुरुमा बोल्नुभएका नेता नेपालले आफू सबै प्रकारको चुनौतती सामना गर्न तयार रहेको बताउनुभएको छ । शनिबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रममा अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्ने पनि उहाँले बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्छ । हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’

नेता नेपालले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट पार्टीको विधान मिच्ने काम भइरहेको छ। हामी त्यही उपचार गर्न खोजिरहेका छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि