होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो: कमल थापा
समाचार

काँग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो: कमल थापा

  • नागरिक रैबार
काँग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण बिदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रबादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लढ्नुपर्दैन भन्नेहरु नै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रति थापाको कडा कटाक्ष थियो। युवाहरुको सुनिश्चित भविष्यको निमित्त नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो।

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भयको बताए। बेरोजगारी ,भ्रष्टाचार र विकृतिको अन्त्यको निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो।

कार्यक्रममा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला,पार्टी काठमाडौं अध्यक्ष नवराज सिंखडा ,युवा संगठनका नेताहरु गुणराज राजभण्डारी ,हिक्मत जङ्ग कार्की,रिद्धिप्रताप जङ्ग राणा लगायतले बोलेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार