होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जेठी छोरीको उपचारका लागि बाबुआमाले कान्छी छोरीलाई १० हजारमा बेचे !
समाचार

जेठी छोरीको उपचारका लागि बाबुआमाले कान्छी छोरीलाई १० हजारमा बेचे !

  • नागरिक रैबार
जेठी छोरीको उपचारका लागि बाबुआमाले कान्छी छोरीलाई १० हजारमा बेचे !
सांकेतिक तस्विर

ऐजेन्सी: गरीबी एक रोग हो, जसको कुनै उपचार छैन। गरिबीले मानिसलाई बाध्यकारी बनाउन सक्छ।

यस्तै घटना भएको छ भारत आन्ध्र प्रदेशको नेल्लोरमा। त्यहाँ, दैनिक मजदुरी गर्ने एक दम्पत्तिले आफ्नी कान्छी छोरीलाई बेचेको खबर सार्वजनिक भएको छ। उनीहरुले आफ्नी जेठी छोरीको उपचार गराउन कान्छी छोरीलाई १० हजारमा बेचेका थिए। पछि महिला तथा बाल कल्याण विभागका अधिकारीहरूले ती बालिकाको उद्दार गरेका थिए।

ती दम्पत्तिका १२ र १६ सालका गरी २ छोरी थिए। जेठी छोरी श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित छिन्। उनको लामो समयदेखि उपचार भइरहेको छ।

उनले आफ्नो १२ वर्षीया छोरीलाई १० हजार लिएर ४६ वर्षीय चिन्ना सुबैयालाई बेचेका थिए। सुभैयाले बुधवार ती केटीसँग विवाह गरेका थिए। त्यसपछि उनले ती बालिकालाई दमपुरस्थित आफन्तको घरमा लगे। त्यहि राति छिमेकीले बालिका कराइरहेको आवाज सुनेपछि गाउँको सरपञ्चलाई खबर गरेका थिए।

एक दिनपछि उनलाई महिला तथा बाल कल्याण विभागका अधिकारीहरूले उद्दार गरेका थिए। अहिले उनलाई जिल्लाको बाल हेरचाह केन्द्रमा सरुवा राखिएको छ।

प्रहरीले सुबैयाविरुद्ध मुद्दा दर्ता गरेको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै