होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै
समाचार

काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

  • नागरिक रैबार
काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् ।

एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए ।

विज्ञापन

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् ।

कोरोना सङ्क्रमणविरुद्ध कोरोना–खोप ९कोभिसिल्ड०को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । उनले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए ।

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार