होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अब कक्षा १ देखि नै लेटर ग्रेडिङ
Breaking News

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ

  • नागरिक रैबार
अब कक्षा १ देखि नै लेटर ग्रेडिङ

काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ ।

मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

 

विज्ञापन

अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १.६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ । अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

क्र.स.उपलब्धि प्रतिशतस्तरीकृत अङ्कअक्षरमा उपलब्धिस्तरउपलब्धि स्तरको व्याख्या
९० र सोभन्दा माथि४.०A+सर्वोत्तम (Outstanding)
८० र सोभन्दा माथि ९० भन्दा कम३.६Aअत्युत्तम (Excellent)
७० र सोभन्दा माथि ८० भन्दा कम३.२B+उत्कृष्ट (Very Good)
६० र सोभन्दा माथि ७० भन्दा कम२.८Bउत्तम (Good)
५० र सोभन्दा माथि ६० भन्दा कम२.४C+सन्तोषजनक (Satisfactory)
४० र सोभन्दा माथि ५० भन्दा कम२.०Cग्राह्य (Acceptable)
३५ र सोभन्दा माथि ४० भन्दा कम१.६Dआधारभूत (Basic)
३५ भन्दा कमNGअवर्गीकृत (Not Graded)

विद्यार्थीले माथिल्लो कक्षामा जान लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात् डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ । त्यसबाट प्राप्त अङ्कलाई ग्रेड सिटमा अक्षर ग्रेडमा रुपान्तरण गरिनेछ ।

दुई विषयसम्म तोकिएको ग्रेड नल्याएका विद्यार्थीले तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । यसरी दिएको परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनुपर्नेछ ।

६० मिनेटको एक घण्टी

निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि पनि बढाएको छ । यसअघि ४५ मिनेटको एक घण्टी रहँदै आएकामा नयाँ निर्देशिकाले ६० मिनेटको एक घण्टी बनाएको हो । तर, विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नसक्ने सुविधा दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार