होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महाधिवेशन प्रतिनिधिले खाना र बासको व्यवस्था आफैं मिलाउनु पर्ने
समाचार

महाधिवेशन प्रतिनिधिले खाना र बासको व्यवस्था आफैं मिलाउनु पर्ने

  • नागरिक रैबार
महाधिवेशन प्रतिनिधिले खाना र बासको व्यवस्था आफैं मिलाउनु पर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’

महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । यद्यपि सकेसम्म हरेक दिन मेनु फरक-फरक बनाउने तयारी छ ।

विज्ञापन

महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनमा १६ सय बढी प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशनको उदघाटन समारोह आज अपराह्न तीन बजे प्रज्ञा भवन कमलादीमा हुने छ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुनेछन् । प्रतिनिधिहरुलाई समूहमा विभाजन गरेर प्रतिवेदनमा छलफल गरिने छ ।

महाधिवेशन पाँच दिनसम्म चल्ने अनुमान छ । यसअघि राष्ट्रिय सम्मेलन गर्ने निर्णय हुँदा पुस ११ देखि १३ गतेसम्म सन्चालन हुने भनिएको थियो । माओवादीले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै