होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशनको उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने
समाचार

एमाले महाधिवेशनको उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने

  • नागरिक रैबार
एमाले महाधिवेशनको उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् ।

उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ ।

उदघाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

विज्ञापन

एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार