होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डले आगामी चुनाव चितवनबाट लड्ने
समाचार

प्रचण्डले आगामी चुनाव चितवनबाट लड्ने

  • नागरिक रैबार
प्रचण्डले आगामी चुनाव चितवनबाट लड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताएका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले  आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने बताए ।
उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’ अर्को प्रशंगमा उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्ने बताए ।  अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर पनि गरे । उनले भने, ‘हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, त्यस्तो कुनै समस्या छैन ।’
फरक प्रसङ्गमा उनले आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको बताउँदै रुपान्तरणको लागि संकल्प गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै