होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • वडाका कर्मचारी काँग्रेसको अधिवेशनमा, वडा कार्यालयमा तालावन्दी
त्रिवेणी

वडाका कर्मचारी काँग्रेसको अधिवेशनमा, वडा कार्यालयमा तालावन्दी

  • नागरिक रैबार
वडाका कर्मचारी काँग्रेसको अधिवेशनमा, वडा कार्यालयमा तालावन्दी

नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् ।

वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् ।

आइतबार बिहान १० बजे वडामा सेवा लिन आएको थिए । वडा कार्यालयमा कार्यालय सहयोगी बाहेक अन्य कुनैपनि कर्मचारी नभेटेपछि कर्मचारीलाई फोन गर्दा व्यवास्ता गरेको उनले गुनासो गरेका छन् ।

विज्ञापन

आईतबार बिहान १० बजे देखी सेवाग्राही आएर वडा कार्यालयमा ३ बजे सम्म बसेका थिए । तर वडाबाट सेवा लिन आएका सेवाग्राहीहरुले वडामा कोही कर्मचारी नभेटाएपछि आईतबार वडाबाट सेवा लिन बन्चित भएको स्थानीय साउँदको भनाइ छ ।

वडा कार्यालयमा १ जना वडा अध्यक्ष सहित ५ जना कर्मचारीहरु छन् । वडा अध्यक्ष कालु साउँद सहित ३ जना कर्मचारी काँग्रेसको अधिवेशनमा गएको स्थानीयले आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार